नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीद्वारा सहिद प्रज्वलको स्मृति दिवस सम्पन्न ।

Political

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा सहिद प्रज्वल शाहीको स्मृति दिवस मनाइएको छ ।

बुधबार काठमाडौँमा आयोजित सङ्गठनको केन्द्रीय समितिको विशेष बैठकका अवसरमा २०७६ साल जेठ १२ गते आजकै दिन सहिद भएका प्रज्वल शाहीको तेस्रो स्मृति दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले महान् सहिदको सपना मर्न नदिने र क्रान्तिको बाटोमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहिद प्रज्वलकी बहिनी मनीषालाई अतिथिहरूले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा सहभागी सबैले सहिद प्रज्वलको फोटोमा माल्यार्पणसहित अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कार्यक्रमका अन्य अतिथिहरूमा नेकपा (बहुमत) का युवा नेता एवम् विद्यार्थी सङ्गठनका फ््रयाक्सन इन्चार्ज पूर्णबहादुर सिंह, अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राई, सहसंयोजकद्वय वीरेन्द्र शाह, रूपा बुढामगरलगायत पार्टी तथा विद्यार्थी सङ्गठनका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वक्ताहरूले सहिदका सपना पूरा गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्न सम्झौताहीन सङ्घर्षमा जोड दिनुपर्ने बताए । वक्ताहरूले भने, ‘निर्णायक लडाइँमा सम्झौता हुन सक्तैन । यसरी सम्झौताहीन सङ्घर्षमा अघि बढ्नु नै सहिदको सपना पूरा गर्ने मार्गमा हिँड्नु र सहिदको सम्मान गर्नु रहेको वक्ताहरूले बताएका थिए ।

कार्यक्रममा विद्यार्थी फ्य्राक्सन इन्चार्ज तथा नेकपा (बहुमत) का युवा नेता पूर्णबहादुर सिंह, अखिल क्रान्तिकरीका संयोजक मिलन राईले दलाल पुँजवादी व्यवस्थाको अन्त्यका लागि एक भएर लड्नुपर्ने बताए ।

वक्ताहरूले बढ्दो महँगी घटाउन र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *