इतिहासका सिमाहरुलाई सच्याउदै अग्रगामी यात्रा ।

Articles

 

इतिहासमा नगनिएका हामीले कसैले नबोकेको भारी उचाल्न तयार भएका छौं । इतिहासको सत्य बोल्ने ऑट हामीले गरेका छाै। क्रान्तिकारी र आलोचनात्मक हुनुका कारण द्वन्द्ववादले आफूमाथि कसैलाई हाबी हुन दिँदैन । हामीले आफूमाथि कसैलाई हाबी हुन नदिईकन ठोस वस्तुको ठोस विश्लेषण गरेका छौँ । म केही विषयमा सङ्क्षिप्तमा विचार राख्नेछ ।

२०४७ सालमा ‘मशाल’ नाम हटाउँदा हामी धुरुधुरु रोएका थियाँ । आज ‘माओवादी’ पदावली हटाउँदा हामीमध्ये कैयौँलाई त्यस्तै लाग्न सक्छ । दलाल पुँजीवादका ‘एजेन्ट’ हरूले हाम्रो आन्दोलनको सारततत्वलाई छोपछाप पार्नका लागि पार्टीको नाममा बहस केन्द्रित गर्न खोजेका छन् । हामीले त्यसबाट प्रभावित नभई सारतत्वमा, विचार र कार्यदिशामा बहस केन्द्रित गर्नुपर्छ ।

हामीले हाम्रो प्रस्तावमार्फत स्टालिनको पुनर्मूल्याङ्कन गरेका छौँ । सन् १९३९ मा खुस्चोभले ‘स्टालिनमाथिको हमला रुसमाथिको हमला हो’ भनेको थियो । उसले स्टालिन हाम्रा गुरु र पितासरह महान् हुन् भन्थ्यो । तर स्टालिनको देहान्तपछि तुरुन्तै हमला सुरु गन्यो । लेनिनले कामेनेभ र जिनोनेवको कुरा ॠप्सकायामार्फत सुनेर जीवनको उत्तरार्द्धमा स्टालिनप्रति गलत धारणा बनाउनुभयो । माओले स्टालिनमाथिको हमलाको प्रतिरक्षा त गर्नुभयो तर उहाँले गणितको नियम स्टालिनका ३० र ७० प्रतिशतको धारणा प्रस्तुत गर्नुभयो । हामीले इतिहासका सीमालाई सच्याउने कोसिस गरेका छौँ।

शान्तिप्रक्रियामाआउनासाथ देशीविदेशी प्रतिक्रियावादीहरूले प्रचण्डलाई फुर्क्याउन थाले । भारतका पूर्वप्रधानमन्त्री आईके गुजरालले ‘प्रचण्डजस्ता महान् व्यक्ति त भारतमा पो जन्मनुपर्थ्यो भनी भारतमा भएको एउटा कार्यक्रममा भनेका थिए । गुलियो गोलीले प्रचण्ड ढले । दोस्रो निर्वाचनमा प्रचण्डलाई हराइयो अथवा हारे त्यसपछि बर्बराउन थाले । त्यसपछि अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले सम्झाउनुपर्यो । लैनचौर दरबारले प्रचण्डलाई सम्झाउनु र ढाडस दिनुपर्यो । यस्तो विडम्बना देख्नुपरेको छ ।

सन् १९९१पछि विश्वभर कम्युनिस्टतिर फर्क (Back to Home) नारा लाग्न थालेको छ । अमेरिकी चुनावमा ट्रम्पले होइन, रूसले जितेको छ । साइबर युद्धमा रुसले अमेरिकालाई पराजित गरेको छ । सिरिया, क्रिमियामा रुसले अमेरिकालाई सैन्य क्षेत्रमा पनि पराजित गरेको छ। आर्थिक क्षेत्रमा चीनले अमेरिकालाई पराजित गरिसकेको छ । त्यसकारण डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महल बनाउने नारा दिएका हुन् । हिलारी क्लिन्टनले अमेरिका यसै पनि महान् छ भन्दा ट्रम्पले आज अमेरिका महान् छैन, फेरि महान् बनाउनुपर्छ भने । यसरी विश्व बहुध्रुवमा विभक्त भएको छ । अन्तर्राष्ट्रिय परिस्थिति हिजोभन्दा अनुकूल छ ।

सन् १९०५ को असफल विद्रोह र सन् १९१७ को अक्टोबर क्रान्तिमा स्टालिनले लेनिनको मुख्य सहयोगीका रूपमा भाग लिनुभयो । दोस्रो विश्वयुद्धमा स्टालिनले ट्राट्स्कीलाई कमिसार बनाएर पठाउनुभएको थियो । उनले पहलकदमी लिन नसकेपछि स्टालिन आफैँले नेतृत्व गर्नुभयो । लेनिनवादलाई स्थापित कामेनेबले होइन, स्टालिनले गर्नुभएको हो । ट्राट्स्कीले लेनिनवादका विषयमा एक शब्द पनि लेखेको छैन ।

हामी वैचारिक रूपमा स्पष्ट हुनुपर्छ । भावनामा बगेर समस्याको समाधान सम्भव छैन । किनकि पिछडिएको चेतनामा प्रतिक्रान्ति मौलाउँछ । प्रचण्डको प्रतिक्रान्तिका पछाडि नेपालको पिछडिएको सामाजिक चेतना भौतिक आधारका रूपमा देखापर्छ । समयमा नै त्यसलाई बुझ्न सकेको भए क्षति कम हुन सक्थ्यो । त्यसैले नेतृत्वले भर्टिकल र होरिजेन्टल’ (प्रत्यक्ष र अप्रत्यक्ष) सूचना केन्द्रित गरेर वस्तुलाई बुझ्न आवश्यक छ । अन्यथा सही धारणा नबन्न सक्छ I औपचारिकतावादी बन्दा स्टालिनले आफ्नै हत्या षड्यन्त्र र किरोभको हत्या हुँदासम्म थाहा पाउनुभएन। जिनोनेभले किरोभको मात्र होइन, स्टालिनकै हत्या गर्न खोजेको रहस्य धेरै पछि मात्र खुलेको थियो ।

हामीले हिम्मत गर्नैपर्छ हाम्फाल्ने बेला कसका नौनाडी गल्ने हुन् भन्न सकिन्न । जनयुद्धको वकालत गर्दै आएका क. किरण गोरखा विस्तारित बैठकमा सकिन्छ कि सकिन्न भन्नेमा अकर्मण्य भएका थिए । जनमोर्चाको नेतृत्वको बहाना झिकेर बाबुराम भट्टराई अर्काे विषयमा विद्यावारिधि गर्न अध्ययन बिदा माग्दै थिए ।

विश्व दृष्टिकोणको समस्या सामाधान गर्नु नै सांस्कृतिक क्रान्तिको केन्दिय विषय हो । नाचगान अथवा महिला-पुरुषका बीचको सम्बन्ध नै साकृतिक विषय होइन । सांस्कृतिक क।ान्ति त चलिरहेकै समयमा देङ स्याओ पिङ र ह्वाको फेङले सांस्कृतिक क्रान्तिका कट्टर अनुयायी चारजनालाई झुक्याएर गिरफ्तार गरेका थिए । उनीहरूलाई समयमै, माओ छदै तह लगाउनुपर्थ्यो । दुई लाइन भनिसकेपछि पार्टीमा राख्न वा सँगै बस्न हुँदैनथ्यो । प्रचण्डले बाबुरामलाई दक्षिणपन्थी भन्दै पार्टीमा राखे । २०५७ मा बाबुरामले बहुदलीय प्रतिस्पर्धा घुसाए । २०६३ सालसम्म आउँदा लोकतान्त्रिक गणतन्त्र भन्न थाले । २०७० सम्म पुग्दा प्रचण्ड नै बाबुरामतिर तानिए । पार्टी फरक भए पनि प्रचन्द र बाबुरामका बीचमा आज वैचारिक, राजनीतिक भिन्नता छैन ।

हामीले सुरुमै बाबुरामद्वारा नेतृत्व गरिएको दक्षिणपन्थी प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ भनेका थियौँ । प्रचण्डले मानेनन् । धतुराको फूललाई गुराँस भनेर बचाउने काम भयो । हामीले धतुराको फूललाई गुराँस किन भन्छौ भन्दा प्रचण्डले विपरीतहरूको एकत्व भनेर दर्शनको दुरुपयोग गर्दै आएका थिए । मैत्रीपूर्ण अन्तरसङ्घर्षमा एकता, सङ्घर्ष र रूपान्तरणको प्रक्रियामा अगाडि बढ्छ । तर शत्रुतापूर्ण वा विपरीतहरूका बीचको अन्तरसङ्घर्ष एकता, सङ्घर्ष, निषेधको प्रक्रियाबाट गुज्रन्छ। प्रतिक्रियावादी वर्गको प्रतिनिधिलाई समयमा नै निषेध गर्न सकिएन भने त्यसले क्रान्तिकारी प्रवृत्तिलाई खाइदिन्छ। चीनमा तेंग्गा मण्डलीले माओबादि प्रवृत्तिलाई खायो। ख्रुश्चोबले स्टालिन प्रवृत्तिलाई खायो । बाबुरामले प्रचण्डलाई खाए। बिपरितको एकत्व तथा द्वन्द्वबादलाई हामीले नयाँ व्याख्या गर्दै गोरेटोमा ल्याउने प्रयास गरेका छौं । त्यसैगरी भौतिक जगतमा हकिन्ग्गसंम पुग्दा सापेक्षताको सिद्धान्त र अनिश्चयको सिद्धान्त एकीकृत भएर एकीकृत भौतिकवादी सिद्धान्त अगाडि आएको छ । भौतिक विज्ञानमा भएको पछिल्लो परिवर्तनलाई सामाजिक विज्ञानमा पनि समायोजन गर्नैपर्छ । अन्यथा परिवर्तनलाई आत्मसाथ गर्न सकिन्न ।

(२०७३ फागुन ८ गते रोल्पा थबाङको आठौँ महाधिवेशन बन्दसत्रमा व्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *