नकुल चौलागाईं ।६ जेठ २०७८ ।
काठमाडौ। नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) द्धारा बलात्कृत भएको भनिन्ने १६ बर्षे किशोरीको न्यायको लागि आज आर आर कलेज अगाडी विरोध प्रदर्शन गरेको छ ।

पुजिवादि व्यवस्थाले महिलालाई आफ्नो बस्तु बिकाउन प्रयोग गरिरहेको तथा सुन्दरी प्रतियोगिताका नाममा हुने कथित प्रतियोगिताहरु पृतिसत्तात्मक व्यवस्थाका दास बनाउने गलपासो भएकाले यस्ता चक्रव्यूहरु ध्वस्त गर्न जरुरी रहेको विद्यार्थी नेता गोबिन्द बिष्ट ले जानकारी दिएका छन।
अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको संगठनका महिला नेतृ रुपाबुढा मगरले बताएकी छन् ।
बिद्यार्थीहरूले ‘हामी चुप बस्दैनौ’, सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । केहीदिन अघि युवतीले आफुलाई ८ वर्ष अघि फोटोग्राफर लगायतले बलात्कार गरेको कुरा भिडियोमार्फत जानकारी गराएकी थिइन् ।

अखिल (क्रान्तिकारी)ले महिलाहरुमाथि भएको यौनजन्य हिंसा र बलात्कारविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।