रुकुम पश्चिमको त्रिवेणी-३ मा नेपाली काङ्ग्रेसका उम्मेद्वार दिपेन्द्र कुमार ओली को प्यानल विजयी भएको छ ।
वडाअध्यक्षको प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका बिरभान ओलीलाइ पछार्दै काङ्ग्रेसका दिपेन्द्र कुमार ओलीले बाजी मारेकका छन ।
उनले ६९२ मत ल्याउदा नेकपा माओवादी केन्द्रका बिरभान ओलीले ५०९ मत ल्याएका थिए । साथै एमालेका पदम खडकाले १६ र नेकपा एकीकृत समाजवादीका प्रेम कार्कीले ७ मत ल्याएका छन् ।
गाउँपालिका अध्यक्षमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी “हिमाल” ले ११३८ मत ल्याएका छन् भने काङ्ग्रेसका अमरसिं खड्काले ८६६ मत ल्याएका छन ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ११२७ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले ८७९ मत ल्याएर पछ्याउदेै छिन ।