अनेरास्ववियु ( क्रान्तिकारी ) कञ्चनपुरले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धी बिरुद्ध बिराेध प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ ।
निर्वाचन सकिए लगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बढदो महङ्गीका विरुद्धमा नेकपा (बहुमत ) पार्टी निकट अखिल (क्रान्तिकारी)ले आज देशव्यापी प्रदर्शन गरेकाे थियोे ।आज कञ्चनपुरकाे महेन्द्रनगरमा युवा विद्यार्थीहरू मुल्यबृद्धी खारेज गर्न माग गर्दै सडकमा निस्किएका थिए ।
कार्यक्रममा पेट्रोलियम पदार्थमा भएको मुल्यवृदि खारेज गर, बढ्दो महंगि नियन्त्रण गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, जनताको जनजिविकाको ग्यारेन्टी गर अखिल क्रान्तिकारी जिन्दावाद , नेकपा बहुमत जिन्दावाद लगायतका नारावाजी गर्दै विरोध सभा सम्पन्न भएको बताइएकाे छ ।
नेकपा (बहुमत) केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय सदस्य सुदर्शनले आज बिहान जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरेका थिए । यसका साथै देउवा सरकारले उपभोग्य वस्तुका सामानमा अत्यधिक मूल्यवृद्धि गरेकोमा जनसङ्घर्ष घोषणा गरेकाे थियोे ।
प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका नाउँमा नेपाली जनताको ढाड सेक्ने काम भएकोले नेपाल सरकारसँग राजस्व कर घटाउन, चुहावट रोक्न, कर्मचारीलाई दिइएको बोनस र अतिरिक्त कटौती रोक्न, भ्रष्टाचार रोक्न र अनुदान व्यवस्था गरी पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यवृद्धि घटाउन जोडदार माग गरिएकाे छ । यसका साथै आजदेखि जनसङ्घर्षका कार्यक्रम अघि बढाउने जानकारी पनि दिइएकाे छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय टेकुले ३१ वैशाख २०७९ को मितिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी प्रकाशन गरेको प्रेस विज्ञप्तिले हाम्रो ध्यान आकर्षित गरेको छ । फेरि पेट्रोलियम पदार्थको मूल्यमा नेपाली रु. १० दस वृद्धि गरी जनजीविकाका हरक्षेत्रमा मूल्यवृद्धि भएको छ ।’