अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका नाउँमा नेपाली जनताको ढाड सेक्ने काम भएको छ: नेकपा (बहुमत)

Economic Political

काठमाडौँ : देउवा सरकारले पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुका सामानमा अत्यधिक मूल्यवृद्धि गरेपछि नेकपा (बहुमत) ले जनसङ्घर्ष घोषणा गर्ने जनाएको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय सदस्य सुदर्शनले आज बिहान जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थमा ५० रुपैयाँ मूल्य घटाउन माग गरिएको छ ।

नेकपा (बहुमत) का नेता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय टेकुले ३१ वैशाख २०७९ को मितिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी प्रकाशन गरेको प्रेस विज्ञप्तिले हाम्रो ध्यान आकर्षित गरेको छ । फेरि पेट्रोलियम पदार्थको मूल्यमा नेपाली रु. १० दस वृद्धि गरी जनजीविकाका हरक्षेत्रमा मूल्यवृद्धि भएको छ ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका नाउँमा यसरी नेपाली जनताको ढाड सेक्ने काम भएको छ । त्यसकारण हामी नेपाल सरकारसँग राजस्व कर घटाउन, चुहावट रोक्न, कर्मचारीलाई दिइएको बोनस र अतिरिक्त कटौती रोक्न, भ्रष्टाचार रोक्न र अनुदान व्यवस्था गरी पेट्रोलियम पदार्थमा रु. ५०।– घटाउन जोडदार माग गर्दछौँ । यसका साथै आजदेखि जनसङ्घर्षका कार्यक्रम अघि बढाउने जानकारी पनि दिन चाहन्छौँ ।’

विज्ञप्तिकाे पूर्णपाठ-

Leave a Reply

Your email address will not be published. Required fields are marked *