रूकुम पश्चिम त्रिवेणीमा मतगणना सूरू ।

Political

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मत गणना कार्य सुरु भएको छ ।

शुक्रबार साँझको सर्वदलीय बैठकले बिहान ७ बजे देखि मत गणना सुरु हुने भनिएपनि केही समय ढिला गरी  साढे ८ बजे बाट निर्वाचन अधिकृतको कार्यालय  खारानेटामा मत गणना सुरु भएको हो ।

त्रिवेणीमा १० वडा रहेकोमा मत गणनाको सुरु भने वडा नम्बर १ बाट भएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले बताउनुभयो । वडा नम्बर १ मा अध्यक्षका उम्मेदवारहरु  माओवादी केन्द्रबाट लक्ष्मन ओली नेपाली कांग्रेसबाट मुस्कान ओली र स्वतन्त्र बाट सुन्दर ओली रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *