त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी ।

Political

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका पूर्वउपाध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको स्वतन्त्र प्यानल नै बिजयी भएको हो ।

माओवादी केन्द्रले  आफुलाइ उम्मेदवार  नबनाएपछि उनले स्वतन्त्र उम्मेदवारहरूको प्यानल बनाएर चुनाव लडेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ओलीले ५७७ मत ल्याएका छन, एमालेले  स्वतन्त्र उम्मेदवारलाइ सघाएकाे थियाे । भने माओवादी केन्द्रका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत ल्याएका हुन । त्यस्तै, काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार मुस्कान ओलीले ५१ छन ।

त्यस्तै उनको प्यानलबाट महिला सदस्य कमला बोहरा, दलित महिला सदस्य लालसरा कामी, खुला सदस्यहरु खडक पुन र पुर्ण बहादुर बुढा विजयी भएका छन् ।

यद्यपि  निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम बारे आधिकारिक घोषणा  गर्न बाँकी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *