बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ स्थित मतदान केन्द्र नारायण मा. बि. पिमी कैलाशमा तीन वटा बम फेला परेको छ ।
जस मध्ये दुई वटा बम नेपाली सेनाले निष्क्रिय गरेको छ । तर एउटा बम भने निष्क्रिय गर्न नसकेका कारण आज बिहान देखी सुरू हुनुपर्ने मतदान सुरू नभइ केन्द्र नै सिल गरिएको छ ।