नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश ।

Political

काठमाडौं । राजधानीमा आयोजित एक सभामा नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा परिचित उनी एमाले प्रवेश गरेका हुन् ।

गाैतमसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका छन् ।

गाैतम आफू २०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेकाे बताउछन। २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको उनले बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागे ।

२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । ६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

पुण्य  गौतम हाल पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर पास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *