विप्लवले धोका दिए, हामीले समाजवादी क्रान्ति पूरा गर्छौःनेकपा (बहुमत) ।

Political

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’लाइ महासचिवबाट हटाएर पुनर्गठित नेकपा (बहुमत) ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘विप्लवबाट धोका भएको’ जनाएको छ ।

नेकपा (बहुमत)द्वारन  आयोजित पत्रकार सम्मेलनमा नेकपा (बहुमत) का संयाेजक धर्मेन्द्र बास्तोलाले भने– अधिकांश साथीहरुको असहमतिका बाबजुत चुनावमा सहभागी हुने निर्णय भयो । फेरि उस्तै संसदीय राजनीतिको फोहोरी खेलबाट वैज्ञानिक समाजवाद सम्भव छैन । उहाँहरुबाट धोका भएपछि पार्टी पुनर्गठिनको विकल्प रहेन ।

विप्लव समूहले वैज्ञानिक समाजवादको बाटो बीचमै छाडेको उनको आरोप छ । उनले राजनीतिक स्थिरता, स्वाधीन संयुक्त सरकार, सामाजिक रुपान्तरण र समृद्धीको कार्यदिशालाई पार्टीले सशक्तरुपमा अघि बढाउने पनि बताए ।

बास्तोलाले हरेक नागरिकमा जन्मसिद्ध जमिनको मालिक हुनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एमसीसीले मुलुकलाई युक्रेन बनाउने भन्दै त्यसको विरोध गरे ।

Leave a Reply

Your email address will not be published.