२६ औं पटक सगरमाथाको सफल आरोहण ।

Social

कामिरीता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन् ।  उनले शनिबार ८८४८.८६ मिटर अग्लो सगरमाथाको २६ औँ पटक सफल आरोहण गरेका  छन ।  शेर्पाको टोलीमा उनीसहित अरु १० जना आरोही पनि रहेको जनाइएको छ ।

उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए भने केटु, लोत्से, मनास्लु, चोयुलगायतका हिमाल आरोहणको पनि रेकर्ड बनाएका छन् ।

अघिल्लो वर्ष कामिरिताले सगरमाथाको २५ औं आरोहण पुरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *