नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाको २१औं बैठक सम्पन्न

News Political

रमाकान्त बास्ताेला/कास्की, बैशाख ४ गते । नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्लाको २१ औं बैठक सम्पन्न भएको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पस बगरमा आज शनिवार पार्टीको २१ औं बैठक बिभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीले बताउनुभयो ।

सल्लाहकार सद्स्य सहित बसेको उत्त बैठकले नेपाल कम्युनिस्ट पार्टीको १२ औं पुर्ण बैठकको कार्यनितिमा रहेर संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने, राष्ट्रघाति एमसीसी सम्झौताका बिरुद्द ब्यापक आन्दोलन गर्ने, राष्ट्रवादी, प्रगतिशील शत्तिहरुलाई सहयोग गर्ने साथै लामो समय क्रान्तिका लागी खटिरहेका जिल्ला सल्लाहकार धन बहादुर बि.कको आवास निर्माण गर्ने जस्ता उल्लेखनिय निर्णयहरु गरीएको सेक्रेटरी पराजुलीले बताउनु भयो ।

यस्तै बैठकमा पार्टी केन्द्रको १२ औं पुर्ण बैठकको परीपत्र र सर्कुलर वाचन सेक्रेटरी पराजुलीले गर्नुभएको थियो । बैठकले राजनैतिक बैचारीक कार्यक्रमको समेत ठोस गरीएको र संगठन सम्बन्धि पनि केही निर्णयहरु गरीएको उहाँले बताउनुभयो । उहाँले पार्टीको नितिमा रहेर कार्यक्रमहरु अघि बढाईने साथै क्रान्तिकारी आन्दोलनलाई रक्षा गर्न  सम्पुर्णले प्रतिबद्द र दृढ  रहनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *