प्रचण्डसँग कञ्चन-सुदर्शनकाे भेटघाट

News Political

काठमाडाैँ, नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ सचिवालय सदस्यद्वयधर्मेन्द्र बास्तोला ‘कंचन’ र हेमन्त प्रकाश ओली ‘सुदर्शन’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। उनीहरूले बिहीबार बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटे गरेका हुन् ।

भेटमा नेताहरुले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन सत्तासाझेदार दलका अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन । नयाँ वर्षको दिनमा नै माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई भेटेर स्वास्थलाभको कामनासमेत गरेको खबरले माओवादी पंक्तिमा एउटा सकारात्मक संदेश प्रबाह भएको छ ।

भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल। लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना।’ वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *