पार्टी निर्णयविरुद्ध जानेमाथी कार्बाही हुन्छ: सुदर्शन

Political

२३ चैत्र,नवदर्शन । काठमाडौ

नेपाल कम्युनिस्ट पार्टिका सचिवालय सदस्य सुदर्शन ले पार्टी नितिबिपरित चुनावी तालमेल गर्न खोज्ने वा भाग लिनेलाई कार्बाही हुने बताएका छन । रातोपाटी डट कम सङ्गको अन्तर्बार्तामा उनले भने ” पार्टिमा बैचारिक रुपमा बहुमतमै छौ । पार्टी बिभाजन होइन कि पार्टी निर्णयबिरुद्ध जानेमाथी कार्बाही गर्नुपर्ने हुन्छ।”

उनले संसदिय ब्यबस्थाको बिरोध गर्नु सहि रहेकाले चुनावमा कसैसङ्ग आधिकारिक रुपमा तालमेल नहुने बताएका छ्न । उनि भन्दछन ” चुनाबी तालमेल आधिकारिक रुपमा पार्टिले गर्दैन । स्वतन्त्र ढंगले कुनै साथिहरु चुनावमा भाग लिन जान सक्नुहुनेछ , त्यसका लागि पार्टिबाट राजिनामा दिनुपर्नेछ । त्यस्तालाई समर्थन गर्न सकिने भयो । पार्टीले कुनै शक्तिसँग एलाइन्स गर्दैन । यदि कुनै नेताले गरेमा पार्टिले कार्बाही गर्छ ।”

क्रान्तिकारीहरु समिक्षा गरेर उज्यालोतिर हेरेरै अघि बढ्ने भन्दै सुदर्शने भनेका छन -” अध्यारोभित्र पनि जुनकिरी बलिराखेको हुन्छ नि । जुनिकिरिले सानो प्रकाशपुण्ज झुल्काइराखेको हुन्छ । त्यही हेरेर पनि हामी गन्तव्यमा लम्किनुपर्ने हुन्छ ।”

तपाईको पार्टी रनभुल्लमा छनि भनि सोधेको प्रश्नको जवाफमा उनी भन्छ्न-“हामिले पार्टिको लिडरशिपलाई बिचको बाटोबाट जाउ भनेका छौँ,  अहिले मान्नुभएको छ । यो पार्टी समग्र रुपान्तरण गर्ने तरिकाले हामी सोच्छौ । कम्युनिस्ट बनाउने तरिकाले हामी सोच्छौ तर कम्युनिस्ट बन्न मानेनन र दलदल नै गन्तव्य स्थान हो भन्ने सोच्यो भने हाम्रो हात छोडिदिनुस भन्छौ ।”

सुदर्शले सत्य कुराको खोजिमा लाग्दा सहि वा गलत दुबै हुनसक्ने भन्दै हामिमा पुरानै सत्ताप्रतिको लालशा बढेमा त्यहाँबाट बिद्रोह नहोला भन्न नसकिने कुरातर्फ संकेत गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *