क्रान्तिबाट विचलित हुने छुट छैन,दुस्मनसँग कला पुर्याएर लड्नुपर्छ : विषम

News Political

क्रान्तिबाट विचलित हुने छुट छैन : विषम

 

भरतपुर : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले क्रान्तिबाट विचलित हुने छुट पार्टी र नेताहरुलाई नभएको बताएका छन् । केन्द्रीय प्रशिक्षणमा सहभागी पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले क्रान्तिको नेतृत्व गरिरहुन्जेल पार्टी महासचिव विप्लवलाई साथ दिइरहने पनि प्रष्ट पारे । दुस्मनसँग कला पुर्याएर लड्नुपर्ने उनको भनाइ थियो ।

विचार र सिद्धान्त नै फरक परेपछि कोही पनि सँगै बस्न नहुने धारणा राख्दै नेता विषमले चुनाव बहिष्कार गर्दै आएको पार्टीमा प्रयोगको कार्यनीति प्रस्तावित हुँदा तरङ्ग उत्पन्न भए पनि पार्टीले चुनावमा नजाने तर देशभक्त, एमसीसीविरोधी शक्तिलाई समर्थन गर्न सकिने निर्णय गरेर वैज्ञानिक बाटो रोजेको प्रष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *