याे ब्यवस्थामा चुनावमा जादैनाै,ब्यवस्थाकै चुनावमा जान्छाैः सुदर्शन

Political

चैत्र १५, नवदर्शन ।

ललितपुर । नेपाल  कम्युनिष्ट पार्टिका सचिवालय सदस्य सुदर्शनले आफुहरू अहिलेकै अबस्थामा यही संसदीय व्यवस्थाको चुनावमा नजाने तथापी  जनमत सङ्ग्रहमार्फत व्यवस्थाकै चुनावमा भने जान सकिने बताउनुभएकाे छ।

आज ललितपुरस्थित खुमल्टारमा  ९ बर्षकाे जेल जिवनपश्चात रिहा हुनुभएका सुर्य तिमिल्सिना क. जिबितलाइ खुला आकाशमा स्वागत गर्दै सुदर्शनले भन्नुभयाे ‘यो चुनावबाट समस्स्याको समाधान हुदैन, जनतन्त्रको आन्दोलन र राष्ट्रिय आन्दोलनलाई जोडेर अगाडिको कार्यक्रम बनाउनुपर्छ।’  त्यस्तै क.सुदर्शनले पुरानो अथवा अन्यायी राज्यसत्ताको अनुहार कस्तो हुन्छ भन्ने कुरा जेलमा गयसी थाहा हुन्छ भन्दै जेलमा जुन सत्ताले दुखः कष्ट दियको छ, जिन्दगीका उर्जाशील शक्ति ध्वस्त पार्न कोशिश गरेको छ त्यसैले उनीहरुको चिहान खन्नेछ ।

सुर्य तिमल्सिना बिष्फोटन तथा खरखजाना मुद्धामा नौ वर्षदेखि डिल्लीबजार कारागार झुम्का कारागार हुदै नख्खु कारागारमा जेल जीवन बिताइरहनुभयको थियो । स्वागत कार्यक्रममा आफ्नो बिचार राख्नुहुदै क. जिबितले भन्नुभयाे ‘बलिदान अनुरुपको क्रान्ति सम्पन्न भै नसकेकाले त्यसलाई अघि बढाउदै जाने क्रममा प्रतिक्रियावादी सत्ताले जेल, नेल र दमन गर्दै गर्दा त्यसको सिकार श्रमजीवी वर्गका पक्षधर हामि त्यसमा पिल्सिनुपरेको थियो’। साथै उहाले जेल जीवन व्यतित गर्दा पनि श्रमिक वर्गको राज्यसत्ता प्राप्तिका लागि क्रियाशील रहेको र आगामी जिवन पनि पूर्ण मुक्ति नहुदासम्म क्रियाशील रहने प्रतिबद्दता व्यक्त गर्नुभयाे।

कार्यक्रमको संचालन भक्तपुर अर्थ बिभाग प्रमुख क. रोजन खनालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *