काठमाडाै । सोमबार टियु खेल मैदानमा जारी टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीमाथि १५ रनले नेपाल विजयी भएको छ। टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। सन्दीपलले ४ ओभरमा २२ रन खर्चँदा करणले ४४ रन खर्चिए। यस्तै, अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।
पपुवा न्युगिनीका लागि नोर्मन भानुआले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेर अर्धशतकीय योगदान दिए। यस्तै, सेसे बाउले ३० तथा चालर्सल अमिनीले २२ र लेगा सिअकाले २१ रन बनाए। अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए।