उदयपुरमा आगलागीबाट एक जनाको मृत्यु ।

Social

काठमाडौं । उदयपुरकाे उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरमा आगलागी हुँदा   एक जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो भएको आगलागीमा परेर उदयपुरगढी गाउँपालिका–१ स्थित शिखरपुरका ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको हो भने सात वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।  विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने पूर्वानुमान गरिएको छ । आगलागीबाट भैरवबहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्ष खेतबहादुर मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *