काठमाडाै ।श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न भएको छ । शनिबार सप्तगण्डकी कलेजको सभाहल भरतपुरमा टेकराज विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त भेलामा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्का, विशेष अतिथिहरू महानगर इन्चार्ज दुर्गा सुवेदी, महानगर सचिव राजकुमार तिमिल्सिना, श्रमिक समुदाय मोर्चा नेपालका सचिवालय सदस्य धर्म विक रहेका थिए । यस्तै अतिथिहरू सुरेन्द्र वस्नेत, शिशिर, विवि रसाइली, तिम्सिना, रामकुमार राई, सुनिल सिंह, मानबहादुर परियार र जमुना सिग्देल रसाइली रहेका थिए भने कार्यक्रमको सञ्चालन हिमालले गरेका थिए ।
कार्यक्रममा विवि रसाइलीद्वारा गीत तथ जनवादी कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।