वीरगन्ज भन्सारको भूमिका सुधारोन्मुख।

Economic

काठमाडाै । पर्साकाे बिरगंज भंसार कार्यालय प्रमुख  भूमिकामा सहसचिव अरुण पोखरेल आएपछि पछिल्लो समय  भंसार सुधारोन्मुख देखिएको छ । यसअघि सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका सहसचिव पोखरेल  प्रमुख भएर आएपछि  कार्यालयको कार्यसम्पादमा केही चुस्तता आएको सेवाग्राहीहरु बताउँछन् ।

भंसार कार्यालय स्रोतका अनुसार राष्ट्र बैंकको प्रतितपत्र सम्बन्धी नयाँ नियम लागु भएपछि राजश्व संकलनमा दबाव छ । तर, वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १०३.६ प्रतिशत मात्र राजश्व लक्ष्य हासिल गरेको छ । भन्सारमा बुझाएकेाे सामानहरुको   ८० प्रतिशत भन्दा बढी मुद्दा फर्छौट भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय भन्सार गस्तिमा बृद्धि भएको छ । गस्तीमा कार्यालय प्रमुख पोखरेल आफै जाने र चोरी निकासी नियन्त्रणमा कडा निर्देशन दिने गरेका छन् । तस्करी नियन्त्रणमा सुराकी समेत परिचालन गर्ने गरिएको छ । भंसार प्रमुख पोखरेलकै सक्रियताका कारण लाखौं मुल्यको कपडाहरु बरामद हुने गरेका छन् ।

प्रमुख चुनौतीमा रहेको बेरुजु फर्छौटमा समेत वीरगन्ज भन्सारले फड्को मारेको छ । कार्यालयका अनुसार डेडिकेटेड टिम बनाएर परिचालन गरिएको छ । कार्यालयका अनुसार पछिल्लो समय २ सय २४ फर्महरुलाई कारबाहीको दायरामा ल्याइएको छ । उनीहरुबाट ९४ करोड बारबरको रकम सम्परिक्षणका लागि महालेखा परिक्षकको कार्यालयमा पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *