काठमाडौं, पर्यटन मन्त्री प्रेम आलेलाई साक्षी राखेर काठमाडौंको दशरथ रंगशालामा तामझाम सहित भारतीय कलाकार सलमान खानलाई भित्र्याउने कार्यक्रम विवादमा परेको छ । मालेमाका लागि विश्व मञ्चले एक विज्ञप्ति जारी गर्दै खानलाई नेपाल ल्याउने कार्यक्रमको विरोध गरेको हो ।
ठगी आरोपमा पक्राउ परेका सिमान्त गुरुङद्वारा संचालित ओडिसी इन्टरटेन्मेन्टले ‘दबङ लाइभ इन नेपाल’ को नाममा आगामी जेड १४ गते खानलाई नेपाल ल्याउने तयारी गरेको छ ।
‘नेपाली कलाकारलाई नेपाली जनताबाट अलग गर्ने भित्री उद्देश्यले ठूलो तामझाम सहित भारतीय कलाकार काठमाडौं ल्याउन लागिएको विषय भत्र्सनायोग्य नै छ । यो कार्यक्रमले सिंगो नेपापली कला क्षेत्रलाई अपमान र निरुत्साहित गर्ने निश्चित छ,’ अध्यक्ष लोकेश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
टुबोर्ग नामक मदिराको स्पोन्सरमा यो कार्यक्रम गर्न लागिएको हो । यसअघि टुबोर्गकै नाममा कार्यक्रम गर्ने भन्दै करोडौं रुपैयाँ ठगि भएपछि ओडिसी इन्टरटेनमेन्टका मालिक गुरुङ पक्राउ परेका थिए ।
यस्तो छ विज्ञप्ति