काठमाण्डाै : नेपाल कम्युनिस्ट पार्टीका नेता सुनिल १६ महिनापछि जेल मुक्त भएका छन् । १६ महिना अघि २०७७ साल मंसिर ७ गते झापाबाट पक्राउ परेका सुनिल आइतबार रिहा भएका हुन् ।
मोरङ जिल्ला अदालतले उनलाई हातहतियार तथा खरखजना मुद्धामा एक वर्ष ४ महिनाको कारागारा सजाय र १५ हजार जरिवाना तोकेको थियो ।
अदालतको फैसला अनुसार १ वर्ष ४ महिना जेल भुक्तान गर्दै १५ हजार जरिवाना समेत बुझाएर उनी आइतबार रिहा भएका हुन् । जिल्ला आदालत मोरङले गएको पुस ९ गते उक्त फैसला गरेको थियो । फैसला अनुसार आइतबार १५ हजार ६ सय रुपैयाँ जरिवाना तिरेर उनी रिहा भएका हुन ।
उनलाई जनपत्रकार संगठन नेपालले खुल्ला आकाशमा स्वागत गरेको छ । प्रदेश १ मा जारी आधारभूत पत्रकारिता तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले खादा र अविर लगाएर स्वागत गरेका हुन् ।
उक्त स्वागत कार्यक्रममा मोरङ जिल्ला सेक्रेटरी नरेश, जनपत्रकार संगठनका केन्द्रीय सदस्य शोभराज बराल, केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक आलोक लिम्बु, सुदर्शन पाण्डेसहित तालिममा उपस्थिति सबै प्रशिक्षार्थीले अभिनन्दन गरेका थिए ।