नेकपाका युवा नेता राजन बस्नेत ३ वर्ष पछि रिहा

Political

सर्लाही, चैत ७ गते । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका पूर्व जिल्ला सेक्रेटरी तथा तत्कालिन जनकपुर व्युराे सदस्य राजन बस्नेत झण्डै ३ बर्षपछि जेल मुक्त भएका छन् । उनलाइ  साेमबार जिल्ला अदालत सर्लाहीकाे अादेशमा रिहाइ भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको थियाे । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा २्०७६ वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको थियाे ।

नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले २्०७६ वैशाख २६ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त गिरफ्तारीको विरोध गरेका थए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *