बाँकेकाे नेपालगन्जस्थित कोरियनपुरको एक होटेलबाट प्रतिबन्धित रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी-३ का हर्कबहादुर विक, विवेक वोहरा र रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका-१ का सुकराम विक रहेका छन।
रेडपाण्डाको छाला बिक्रीवितरण हुदैछ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक होटलबाट रेडपाण्डाको २ थान छालासहित निजहरूलाइ पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।