पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरेर भाग्दै गरेका एकजना युवकलाई पक्राउ गरेको छ ।
होली पर्वका दिन वीरगञ्ज-१६ नगवास्थित नेजामुल हक अन्सारीको घरमा पार्किङ्ग गरेर राखिएको ना ५५ प ४९८६ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल बिरगञ्ज महानगरपालिका-१४ निवासी २३ वर्षीय सुमन पटेल चोरी गरेका थिए ।
पर्सा प्रहरीले पटेलले सिर्सिया ड्राईपोर्ट भित्र पुरानो कन्टेनरमा मोटरसाइकल लुकाएर राखेको अबस्थामा फेला पारेकाे जनाएको छ ।
हाल पटेललाई नियन्त्रणमा लिएर चोरीसम्बन्धि मुद्दा दर्ता गर्दै अनुसन्धान अगाडी बढाएको छ ।