काठमाडाै । कपिलवस्तुकाे शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा शुक्रबारबाट सुरू नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिकाे बैठकमा महासचिवद्वारा प्रस्तुत प्रतिवेदनमाथि शनिबारसम्म चारजना सचिवालय सदस्य र पाँचजना केन्द्रीय सदस्यले बोलेका छन् ।
पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यहरूले जिल्लामा पार्टीको अवस्थाको रिपोर्टिङसहित प्रतिवेदनमाथि गम्भीर छलफल गरिरहेका छन् । पार्टीका सबै केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गर्ने र रिपोर्टिङ गर्ने कार्यसूची रहेको पनि शिवगढीबाट प्राप्त समाचारमा जनाइएको छ । बैठक पहिलोपटक आफ्नै कार्यालयमा बसेको हो । सम्पूर्ण सदस्यले छलफलमा भाग लिइसकेपछि पार्टी महासचिवले उठेका विषयको जबाफ दिने जनाइएको छ ।
आजको बैठक बिहान ८ बजेबाट सुरुभएकाे छ ।