बागलुङको निसीखोला गाउँपालिकामा आलु र मकै पकेट क्षेत्र घाेषणा ।

Economic National

५ फागुन,काठमाडाै । बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र  घोषणा गरिएको छ ।

गाउपालिकाकाे वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको हाे ।  गत वर्ष सात वटै वडामा विभिन्न फलफूल तथा खाद्यबाली पकेट क्षेत्र घोषणा गरेकामा यस वर्ष चार वडालाई आलु तथा मकैको पकेट क्षेत्र घोषणा गरिएको छ  ।वडा नं ५ र ६ आलु उत्पादनका लागि अत्यन्तै उर्वर भूमि मानिन्छ ।

 

यहाँका वडावासीले वर्षौंदेखि आलु उत्पादन गरी यसैबाट जीविकोपार्जनसमेत गर्दै आइरहेका छन् ।

यस वर्ष गाउँपालिकाले कृषिका लागि रु ४० लाख बजेट विनियोजन गरेको र यसबाट कृषकलाई उन्नत जातका बीउबिजन वितरण र माटो शिविर सञ्चालन गरिनेछ ।यहाँका कृषकले अझै पनि परम्परागत खेती प्रणाली अपनाउँदै आएकाले अब आधुनिक प्रविधिको प्रयोग गर्न गाउँपालिकाले जोड दिँदै आएको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *