तालिवान सरकारकाे निर्णयले विश्व समुदाय खुशी

International Political

दाङ –  तालिवान सरकारले अफगानिस्तानमा छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । यसअघि सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारले  निर्णय गरेकाे थियो ।

तालिवानले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए । हाल सर्वत्र आलोचना भएपछि निर्णय फिर्ता लिइएको भनिएकाे छ ।

संयुक्त राष्ट्रसङ्घले महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गरेको छ । विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्न दिने तालिवान सरकारको निर्णयको महा सचिव एन्टोनियो गुटेर्रेसले स्वागत गरेका छन् । अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले  उल्लेख गरेका छन् ।यस निर्णयले  महिलाहरूकाे अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन् ।

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन् ।   उक्त निर्णयकाे  अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *