इलाममा राष्ट्रघाती एमसीसीबिरुद्ध सडक सभा सम्पन्न ।

National Political

काठमाण्डाै : श्रमिक समुदाय मोर्चाको आयोजनामा इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजारमा सडक सभा सम्पन्न भएको छ । राष्ट्रघाती एमसीसीको बिरुद्धमा सम्पन्न सभाले एमसीसी सम्झौताबिरुद्ध कडा चेतावनी दिएको छ ।

श्रमिक समुदाय मोर्चा इलामका इन्चार्ज तथा  पार्टीका जिल्ला सदस्य प्रकाश खातीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । पार्टीका जिल्ला सेक्रेटरी मौसमले उक्त कार्यक्रममा एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने बताए । उनले नेपाली जनताले स्वाधिनताको निम्ति बलिदान गरेरै भएपनि राष्ट्रघातबाट मुलुकलाई बचाउने बताए । उनले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनताको सङ्घर्षमा अग्रपङ्क्तिमा उभिने र देशलाई नेतृत्व प्रदान गर्ने बताए ।

कार्यक्रममा मोर्चाका अध्यक्ष प्रकाशले यो देश बिदेशीलाई सुम्पन्ने दलालहरूको मुखुण्डो उदाङ्गिएको हुनाले अब जनताले उनीहरूलाई जनकारवाही गर्नुपर्ने बताए । को–को राष्ट्रघाती हुन् चिनिसकिएको यो परिस्थितिमा जनता भ्रमित नभइ देशभक्त क्रान्तिकारीहरूको पङ्क्तिमा आउन अपिल गरे । कार्यक्रममा दुई बर्ष भन्दा बढी इलाम कारागारमा बसेर भर्खरै रिहा भएका दिपेश राई ‘बदला’ लाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *