नेकपा केन्द्रीय समितिको बैठक सुरु, महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत ।

National Political

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो ।बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।   

सबै केन्द्रीय सदस्यलाई अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको छ । महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् । अध्ययनपछि प्रतिवेदनमाथि छलफल सुरु हुने बताइएको छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *