काठमाडाैं, चैत ३ गते । खश्रमिक समुदाय माेर्चा नेपालले रामेछापमा १२ वर्षिय बालिका सरिता नेपालीलाई क्रुर यातना र जातीय विभेद तथा छुवाछुतको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ ।
श्रमिक समुदाय माेर्चा नेपालका संयाेजक विक्रम नेपालीले प्रेस विज्ञप्ति जारी गरी रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ मा गत फागुन ३० गते १२ वर्षिय श्रमिक समुदाय (दलित) बालिका सरिता नेपालीलाई कथित उच्च जातको घरभित्र पसी दही चोरेको निहुँमा घरधनी शेर बहादुर श्रेष्ठ र नीजकी श्रीमतीले बालिकालाई पिँढीको ठाममा बाँधेर सिस्नोपानी र लाठीले करिब २१ घण्टा रातभरी यातना दिइएको घटनाको घाेर विरोध गर्दै घटनामा कुटपिटमा सम्लंग्न दाेषीलाई कानुनी कार्वाही र पीडितलाई उचित न्याय दिलाउन जोडदार माग गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, `यस घटनामा शरीर बन्धक बनाई कुटपिट मुद्दा आकर्षित हुने भएकोले सोही बमोजिम कानुनी कार्वाही र पीडितलाई उचित न्याय दिलाउन जोडदार माग गर्दछौँ ।´