चैत २ ,काठमान्डाै । मेलम्ची खानेपानी आयोजनाको गाडी अवैध रुपमा प्रयोग गरेको पाइएको छ । पुर्बमन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद शेरबहादुर तामाङले पहुँचका कारण एक वर्षसम्म राज्यको सम्पत्ति निजी र पार्टीको काममा प्रयोग गरेको पाइएको छ।
उनले एक वर्षसम्म चढेको हिलक्स जापानी गाडी (बा १ झा ८७६८) मेलम्ची खानेपानी आयोजनाको हाे । हाल कार बिग्रिएपछि काेटेश्वरको कान्तिपुर कारखानामा ग्यारेजमा पार्किङ गरिएको छ ।
।मेलम्ची खानेपानी आयोजनाको वस्तु शाखाका प्रमुख शम्भु पोखरेलका अनुसार उक्त गाडी भूमि आयोगलाई दिइएको हो । त्यसपछि सांसद तामाङले केही दिन गाडी लिएर गए पनि फिर्ता नगरेको पोखरेले बताए ।
तामाङले आफ्नै चालक राखे पनि खानेपानी आयोजनाले इन्धन र मर्मतसम्भार तिर्दै आएको छ ।