चैत्र १,२०७८ । नवदर्शन
काठमाण्डाै – नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शन ले नख्खुस्थित कारागारमा रहेका राजबन्दिहरूसंग भेटघाट गर्नुभएकाे छ ।
भेटका क्रममा राजबन्दिहरूले सरकार र आफनाे पार्टिबीच ३ बुदे सहमति भएकाे १ बर्ष बितिसक्दा पनि आफुहरूकाे रिहाइमा ढिलाइ भइराखेकाे प्रति जिज्ञासा राखेका थिए । जवाफमा सुदर्शनले आफुहरू त्यसप्रति गम्भिर रहेकाे तथा शिघ्र रिहाइकाे लागि प्रयत्नशिल रहेकाे जानकारी दिनुभयाे । साथै पार्टिप्रति बिश्वस्त रहन तथा क्रान्तिकारिहरूले कठिन परिक्षा धैर्यताका साथ पार गर्नुपर्ने धारणा राख्नुभयाे । त्यस्तै भेटकाे क्रममा बन्दिहरूकाे बसाइ तथा स्वास्थ्यकाे बारेमा समेत नेता सुदर्शनले चासाे राख्नुभएकाे थियाे ।
प्रतिबन्धका क्रममा पक्राउ भइ बिभिन्न झुट्ठा मुद्दामा नख्खु कारागारमा रहेका ७ जना राजबन्दिहरू छुट्न बाँकी छन । झण्डै ३ बर्षदेखि उनीहरू बन्दि अबस्थामा छन ।