क्रान्तिकारी माओवादीद्वारा निर्वाचन बहिष्कारकाे निर्णय

Political

चैत १,अघिल्लो स्थानीय तहको निर्वाचनमा सहभागी भएको  नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । हालै सम्पन्न (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले याे निर्णय गरेको हो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा जारि  प्रेस वक्तव्यमा आसन्न स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको उल्लेख छ ।  वक्तव्यमा भनिएको छ, ‘अहिले संसद्मा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायत राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भन्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन, बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकाले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको हो ।’

साथै बहिष्कार आन्दोलनलाई दुईमहिने अभियान बनाई सञ्चालन गर्ने निर्णयसमेत लिइएको वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *