महाकाली बहाब नेपालतिर फर्काइएकाबारे सरकार किन माैन छ? : प्रेम सुवाल

National Political

आइतबार प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भारतले महाकालीको बहाब नेपालतिर फर्काउन लागेकाले बर्खामा संकट आउनसक्ने बताएका छन् ।

उनले प्रश्न गरे  ‘महाकालीको बहाब भारतले नेपालतिर फर्काउँदै छ , तटबन्ध बनाउँदैछ,  यसबारे सरकार किन मौन छ ?’ नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाउँदै गर्दा पनि नेपाल नबोलेकोप्रति उनले आपत्ति जनाए ।

उनले भने ‘भारतले नेपालको सिमानामा गरिरहेको थिचोमिचो तत्काल बन्द गराउन जरुरी छ, यसबारे सदनमा सरकारले जानकारी गराउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *