पर्सा जिल्लाको बिरगंज महानगरपालिका-१५ भेडीयाही मा सञ्चालित एउटा कुखुरा फर्ममा ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखीएको छ ।
स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको उक्त कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमण कारण मरेेकाले फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरुलाई समेत नष्ट गरिएको छ ।
जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्वमा गएकाे टाेलीले फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण आफै मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
हाल कुखुराहरु नष्ट गरेपछि फर्म लाई सिल गरिएको छ ।