आयात निरुत्साहित गर्ने सरकारी नीतिले विदेशी मुद्राको सञ्चिति र पर्याप्तता सूचकमा सुधार आएको छ । यसकोअर्थ वस्तु तथा सेवा आयातका लागि पुग्ने विदेशी विनिमय सञ्चिति अघिल्लो महिनाको तुलनामा केही बढी देखिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आ.व. २०७८/७९ को सात महिना (साउन–माघ) काे आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकसँग विदेशी विनिमय सञ्चिति १०२४ अर्ब ६० करोड रुपैयाँ छ । याे रकमले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।अघिल्लो महिनासम्म ६.६ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने क्षमता रहेको थियो ।
विदेशी मुद्राको सञ्चितिमा सुधार भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
माघ मसान्तसम्मको सञ्चिति गत असार मसान्तको तुलनामा भने १७.७ प्रतिशतले कमी आएको हो । असार मसान्तसम्म नेपाल राष्ट्र बैंकसँग मात्र सञ्चिति १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति १५४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।