रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा सकेट बम फेला परेको छ ।
बिहीबार दिउँसो ओढारमा प्लाष्टिकको ड्रममा लुकाएर राखेको शङ्कास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम पुरानो भएकाले युद्धका बेला लुकाएर राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।