शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्त्ति सेनाका कम्पनी कमान्डर जितेन्द्रबहादुर महरा ले दुवै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार र दाताहरूलाई अनुरोध गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका– ८ का ४२ वर्षीय महराले आफ्ना मिर्गौला प्रत्यारोपण गराउन चाहे पनि आर्थिक समस्या भएकाले सहयोग गरिदिन आग्रह गरेका हुन्।
महरा तात्कालीन पूर्वजनमुक्त्ति सेना फर्स्ट डिभिजनअन्तर्गतको १८औँ बटालियनको कम्पनी कमान्डर थिए। ०५५ देखि माओवादी जनयुद्धमा पूर्णकालीन रूपले सहभागी भएका महरा शान्तिप्रक्रियापछि विराटनगरबाट प्रकाशित जनविद्रोह दैनिकमा केही वर्ष रिपाेर्टर भएर पत्रकारिता पनि गरेका थिए।
हालसम्म उपचार गर्दा आफूसँग भएको १५ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचार गराउने र मिर्गौला प्रत्यारोपण गर्ने क्षमता नभएकोले बाध्य भएर दयाका लागि याचना गर्न बाध्य भएको बताए। उनी माओवादी पार्टी विभाजन भएपछि हाल नेपाल कम्युनिस्ट पार्टीको ब्युरो सदस्य रहेका थिए । उनले आफूलाई ९८४४४२३९९५ मा सोझै सम्पर्क गरेर वा प्राइम बैंकमा रहेको खाता नम्बर ‘०४२०००१०जीएल’ मा रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह गरेका छन्।