भारतद्वारा महाकाली नदिको बहाव जबर्जस्ती नेपालतर्फ फर्काउँदै

News Political

तटबन्ध निर्माणका नाममा बर्खामा महाकालीको भेल दार्चुला सदरमुकाम खलंगातिर उर्लिने गरी भारतले नदीको धार परिवर्तन गरेको छ । नेपालको प्रशासनसँग समन्वय नै नगरी महाकाली नगरपालिका– ४ क्षेत्रमा नेपालतर्फ रहेका ढुंगा आफ्नोतर्फ लगेर पानीको बहाव खलंगातर्फ एकोहोर्‍याएको हो ।

एकतर्फी एक्स्काभेटर लगाएपछि मंगलबार विरोधमा उत्रिएका स्थानीय नेपालीमाथि भारतीयबाटै ढुंगा प्रहारसमेत भएको छ । त्यसपछि नेपालीले पनि ढुंगा प्रहार गरी प्रतिकार गरेका छन् ।

 

भारतले एक सातादेखि नदीमा डोजर लगाएर ढुंगा निकाल्ने काम गरिरहेको छ ।

भारतीय पक्षले नेपालको प्रशासनलाई जानकारी नगराई काम गरेका कारण ढुंगा हानाहानको स्थिति बनेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकालीमा नेपालतर्फ आठदेखि दश मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माणको काम सुरु गरेको छ । तटबन्ध निर्माणसँगै झोलुङे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा छ।

भारतले समन्वयमा कन्ज्युस्याइँ गर्दा वेलावेलामा सीमा क्षेत्रमा विवाद हुने गरेको छ । अहिले भारतले आफ्नोतर्फबाट पक्की तटबन्ध निर्माणको काम अघि बढाएको छ ।  अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एक–अर्काको सहमतिविना भौतिक संरचना निर्माण गर्न पाइँदैन । यसमा  भारतले बेवास्ता गरेको प्रशासनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published.