एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्। उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्।वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको दुबैतिर तयारी भइरहेको तथा मिति तोक्न बाँकी रहेकाे छ।
पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्ने बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो। एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोरा बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।
परराष्ट्र मन्त्रालयले अहिले वाङको भ्रमणमा क्रममा हस्ताक्षर हुने एजेन्डाहरूमा तयारी गरिरहेको छ।