नारी दिवस

Social
लेखक : अनिता गजमेर

वृद्ध, नाबालिका भन्न नपाएको मेरो देशमा
दलाल र भ्रष्टाचारले ओगटेको मेरो न्यायपालिकामा
खै, कसरी मनाउँ म नारी दिवस यहाँ ?
एउटा पुरुषको यौन ईच्छा मेटाउन, एउटी नाबालिकाको हत्या हुन्छ यहाँ ,
न्याय माग्न न्यायपालिकाको ढोका ढकढकाउँदा पनि न्याय नपाएको मेरो देशमा,
खै ,कसरी मनाउ म नारी दिवस यहाँ ?पल्लो घरको दिदी रोहिरहेकि छिन अझै ,
दाईजोको नाममा आफ्नै परिवारले दिएको यातनाले,
न्याय माग्नु जान्छिन न्यायपालिकाको ढोका खुल्दैन,
खै,कसरी मनाउ म नारी दिवस यहाँ ?
निर्मला पन्त,भगिर्थी भटट हुदै सम्झना कामीसम्म आईपुग्दा,
उनीहरुको आत्माले शान्ति नपाउदा नपाउदै,न्यायपालिकाको ढोका ढ्क्ढकाउँदा ढक्ढ्काउँदै,
बिचल्लीत भएको आमाहरूसँग खुशि साट्नु नपाउँदै,
खै, कसरी मनाउ म नारी दिवस यहाँ ?
समाजमा छैनन् कोही कतै,
नारी जीवन यात्रामा पनि सहयात्री हुन भन्नेहरू,
आफ्नै खुशी साट्न रमाउनेहरुसंग,
समय र नारी उस्ता उस्तै हुन भन्ने बुझनेहरुसंग
खै, कसरी मनाउ म नारी दिवस यहाँ ?
एउटा सहयात्री नारिहरुसंग अनेक सपना साट्नेहरुसंग
जिन्दगीलाई मोलमोलाईमा बेच्नेहरुसँग,
खै, कसरी मनाउँ म नारी दिवस यहाँ ?

 

Leave a Reply

Your email address will not be published.