काठमाडौँ, फागुन १९ गते । राष्ट्रघाती एमसीसी पास गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घर अगाडि टाएर बालेर विरोध गरेको खबर प्राप्त भएको छ । बुधबार काठमाडौँको रातापुल स्थित रहेको निवास जाने बाटोमा उनकै एक कार्यकर्ताले टाएर बालेर विरोध गरेको एक प्रतक्ष्यदर्सीले बताएको छ । उक्त कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको खबर प्राप्त भएको छ । साथै उनलाई आफ्नै कार्यकर्ता र जनताले ढुङगाले हानेर घाइते भएका छन् ।
