बलत्कार आरोपमा सांसद पक्राउ

News Political Social

काठमाडाैँ,  फागुन १६ गते ।  बलात्कारको आरोप लागेका एमाले मुगुका सांसद मोहन बानियाँलाइ प्रहरीले पक्राउ गरेकाे छ । उनलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला  कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् । बानियाँले भने आरोप  झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

            उनीबिरूध्द बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन। आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।आरोपमा पक्राउ परेका  बानियाँबिरूध्द  महिलाकाे उजुरीको आधारमा  पक्राउ पुर्जी जारी भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *