दैलेख बजारमा एमसीसीबिरुद्ध कोणसभा

National News

दैलेख । आठ दलीय मोर्चाले घोषणा गरेको एमसीसीबिरुद्ध सङ्घर्षको कार्यक्रम अनुसार शुक्रबार दैलेख बजारको गणेश चोकबाट शुरु गरेर दैलेख बजारमा कोणसभा सम्पन्न भएको छ । राष्ट्रघाती एमसीसी खारेज गर !, दलालहरू होशियार !, डलर हामीलाई चाँहिदैन देश बेच्न पाइँदैन !, सम्पूर्ण देशभक्तहरू एक होऔँ !, संयुक्त मोर्चा जिन्दाबाद ! लगायतका नारासहित लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले देश भित्रका राजनीतिक शक्तिहरूबीच एमसीसीका कारण धुर्बीकरण बढिरहेको उल्लेख गर्दै राष्ट्रवादी शक्तिहरू सडकमा आन्दोलन गरिरहेको बताए । देउबा नेतृत्वको गठबन्धन सरकार जनतालाई दमन गरेर राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गर्न लागेकाले सम्पूर्ण देशभक्त, कम्युनिस्टहरु र सच्चा लोकतान्त्रिक शक्तिहरु एकजुट भएर राष्ट्रघाती एमसीसी खारेजी गर्नुपर्नेमा जोड गरे ।

कार्यक्रममा वैज्ञानिक कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संयोजक श्याम कुँवर, राष्ट्रिय जनमोर्चा दैलेखका कावा अध्यक्ष लोकपाल थापा र नेकपा दैलेखका सदस्य संघर्षले पनि सम्बोधन गरेका थिए भने कोणसभाको सञ्चालन नेकपा दैलेखका सदस्य दुर्गाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *