राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध बिरोध पर्दशनसहित जिल्ला प्रशासन कार्यालय घेराउ

National News

बाँके : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दैँ जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरिएको छ।

संसदबाट पास गर्न लागिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दैँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रर्दशनसहित घेराउ गरेका हुन् ।

उक्त बिरोध पर्दशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सडकबाट सुरु गरेको आन्दोलन सिंहदरबार, संसद भवन, अमेरिकासम्म पुगेको बताए। उनले एमसीसी खारेज नभए नेपालमा तेस्रो जनआन्दोलन सुरु हुने र उक्त आन्दोलनमा नेपालका प्रधानमन्त्रीसहित संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्दै नेपालमा शिक्षा, स्वास्थ्य, रोजगारी नि:शुल्क उपलब्ध हुने बताए।

नेता चलाउनेले वैज्ञानिक समाजवादमा किसानहरूको लागि जमिनहरू नि:शुल्क दिने र ठुला उद्योगहरूमा किसान मजदुरहरूको पनि लगानी हुने बताए । उक्त बिरोध सभालाई विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र २ मोर्चाले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *