राष्ट्रघाती एमसीसीविरुद्ध फागुन ४ गते काठमाडौँलगायत देशभर प्रदर्शन गर्ने

Political

अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपविरुद्ध ८ दलले दिए गम्भीर चेतावनी

काठमाडौँ,फागुन २ गते  । नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र धम्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै सभाहरु र काठमाडौँमा संसद् भवनअगाडि प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले आज संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको घोर निन्दा र भत्र्सना गरेका छन् ।

६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन २ गतेको संसद्को बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *