कञ्चनपुर, माघ २८ गते । नेकपा कम्युनिस्ट पार्टी निकट युवा संगठनले कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं दुई एमालेबाट निर्वाचित अध्यक्ष प्रेम खातीलाई भ्रष्टाचार,अवैधानिक कर्मचारी नियुक्ति,बेजेटमा हिनामिना लगायतका अन्य आरोप लगाउँदै कार्यकक्षमै जनकारवाही स्वरूप कालोमोसो दलेका छन् । विगत लामो समयदेखिको जनगुनासो र विवाद पश्चात उनलाई कारबाही गरिएको हो ।
प्रेम खातिलाई जनकारवाहि किन भनेर युवा संगठनले निम्न कारण देखाएको छ :
१.वडा कार्यलय भवनको भाडा एकठाउ दिने अनि कार्यलय भने गाउँपालिका भित्र रहेकाले।
२.सम्झौता बहुउद्देश्यीय र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने निर्णय गरेको ।
३.मनोमानी तरिकाले कर्मचारी नियुक्ति गरेकाले
४.मनोमानी तरिकाले ग्राईविल फालेको हुनाले ।
५.उपभोक्ता समिति पनि मनोमानी तरिकाले आफ्नो अनकुलतामा काम गरेकाले।
६.गाउँपालिका को पछाडि एकल महिला का लागि २८ लाखमा बनाएको ०४ कोठे भवनमा मा समेत अनमियतता गरेको हुनाले।
७.बसपार्क का लागि भनी ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेकाले
८.वडा कार्यलयमा उपस्थित नभई सेवा ग्राहिहरुलाई अनेक बाहनामा दुख दिएकाले।
९.कालिकिच उपभोक्ता समितिको कार्यलय देखि क्याम्प सम्मको सडक निर्माण मा पनि आर्थिक अनिमियतता भएकाले ।
भ्रष्टाचारी कर्मचारी,जनप्रतिनिधि लगायत अन्यलाई नेकपा विप्लवले अहिले देशैभरि कारबाही गर्दै आएको छ ।