पाल्पामा एमसीसी विरुद्ध तीन दलको संयुक्त विरोध प्रदर्शन हुने

Political

मुक्ति गैरे/पाल्पा, माघ २३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध पाल्पामा संयुक्त विरोध प्रदर्शन हुने भएको छ ।

शनिबार पाल्पाको तानसेनमा बसेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज अपेक्षा, राष्ट्रिय जनमोर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सचिव लिला श्रेष्ठ सहित बसेको तीन दलको संयुक्त बैठकले यहीँ माघ २६ गते तानसेनमा विरोध प्रदर्शन गर्ने निर्यण गरेको छ ।

एमसीसी सम्झौता राष्ट्रघाति भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकारसँग समानान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो राष्ट्र हुने बताउदै आएका छन् । उक्त सम्झौताका नाममा अमेरिकाले आफ्नो स्वार्थसिद्ध गर्न लागिरहेकोले यो सम्झौता ल्याउन र पास गर्न नहुने समेत ती दलहरुका नेताहरुले बताउने गरेका छन् । यस अघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रामपुरमा रहेको एमसीए को क्षेत्रीय कार्यलय हटाउन चेतावनी दिदै पत्र समेत बुझाएको थियो । अहिले नेपाल सरकारले निर्णायार्थ प्रस्तुत गर्न लागि रहेको हुँदा उक्त सम्झौताका विरुद्ध चर्को आवाज उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *